देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन खोल्दा बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य : कांग्रेस

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको संक्रमण रोकथाम नियन्त्रणका लागि लागु गरेको लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको बताएको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिले लकडाउन खोल्दा बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य रहेको जनाएको हो ।

आमजनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणकाबीच खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिमतर्फ समितिले चासो र चिन्ता रहेको जनाएको । सरकारका हरेक निर्णयहरु हठात् र तयारीरहित देखिने गरेको भन्दै उनले लकडाउनको लामो अवधि बिनातयारी र बिनाउपलब्धि सरकारले सिध्याएको बताए ।

सरकारको लकडाउन खोल्ने निर्णय पूर्वतयारीका साथ नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको समितिको ठहर छ । समितिले आर्थिक–सामाजिक जीवन सहज बनाउन, आर्थिक गतिविधि बढाउन तर संक्रमणको जोखिम घटाउनतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।