देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशान्तर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने तथा पहिरो जाने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।