गोरखा । पहिरोका कारण थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडास्थित नौली खोलाको बहाव खुल्न थालेको छ ।
स्थानीय बिरवल गुरुङका अनुसार करिव दश बजेबाट खोला बग्न थालेको हो । गएराति ११ बजेबाट खोला थुनिएर ताल भएको थियो । उनले भने, केहीबेर अघिबाट मात्र बग्न थालेको हो । मापुडाँडाको पहिरो झर्न भने नरोकिएको उनले बताए ।
खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा थिए । जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको थियो ।





प्रतिक्रिया