काठमाडौं । प्रहरीले अवैध लागूपदार्थ अफिमसहित चार जनालाई दाङबाट पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । बिशेष सूचनाका आधारमा भालुबाङबाट उनीहरुलाई अफिमसहितपक्राउ गरिएको एसपी चन्दले बताए ।
पक्राउ परेकाहरुको साथबाट मोबाइल, सिमकार्ड, मोटरसाइकललगायत सामानहरु बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया