देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वडीआईजी कोइरालाविरुद्धको मुद्दा पुनरावलोकनको लागि सर्वोच्चले दियाे अनुमित

देशान्तर

काठमाडौं । आफ्नै श्रीमतीको हत्या अभियोगमा कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्धा अघि बढाउन सर्वोच्चले अनुमति दिएको छ । सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका थिए । जसअनुसार बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलाशमा पेशी परेको थियो ।इजलासले अनुमति दिएसँगै यो मुद्दा फेरि अघि बढ्ने भएको छ ।