देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलिदेखि पाँच दिनसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । विभागको विशेष मौसम तथा बाढी बुलेटिनमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा साउन १२ गते सोमबारदेखि १६ गतेसम्म वर्षा हुने छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जल चापयुक्त हावा पनि भित्रिने सम्भावना रहेको उल्लेख गरिएको सो बुलेटिनमा प्रदेश ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केही स्थानहरुमा तथा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

१३ देखि १५ साउनसम्म गण्डकी, कर्णाली, सुदूर पश्चिम प्रदेशहरु र प्रदेश ५ का मध्य पहाडी भु भाग भई बहने नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको सवभागले जनाएको छ ।