देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपतिनाथ मन्दिर आज पनि खुलेन

देशान्तर

साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् ।

लकडाउन हटेपछि अरु क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने सरकारको नीतिअनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।

यसैबीच साउन महिनाको सोमबार देवघाटमा लाग्ने बोलबम मेला यसपाली लागेको छैन । भिडभाड हुँदा कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिनाभरि मेला स्थगित गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सिमानामा पर्छ ।