काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत युवाहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन्। कोरोना संक्रमण तथा नियन्त्रणमा सरकारी प्रभावकारिताको माग गर्दै १० दिनदेखि वसन्तपुरमा अनशनरत युवाका मागप्रति समर्थन जनाउन शर्मा अनशनस्थल पुगेका थिए। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त समय पाए पनि प्रभावकारी नदेखिएको प्रवक्ता शर्माले बताए।
सरकारले प्रतिपक्ष दल र संसदको आवाज नसुनेको उनले बताए। उनले घरमा बसेको युवा चुप लाएर नबस्ने भन्दै अनशनरत युवाहरुको माग जायज भएको बताए । पार्टी प्रचार विभागको तर्फबाट अनशनरत युवाहरुलाई भेट्न पुगेका शर्माले सरकारले गरेको सम्झौता लागु गर्न आग्रह गरेका छन्। सरकारले असार २२ मा गरेको सम्झौता कार्यान्वयन नभएपछि युवाहरु दोस्रोपटक अनशनमा बसिरहेका छन्।





प्रतिक्रिया