देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८,७५२ पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ। सोमबार थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ७ सय ५४ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ४६ जना संक्रमितको मृत्यु भएको छ।