देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वमन्त्री थापा सुनील थापाले कांग्रेसमा सहमहामन्त्री पाउने, पार्टी प्रवेश भोलि

देशान्तर

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । केही दिनअघि राप्रपा त्याग गरेका उनी आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

नेपाली कांग्रेसले थापालाई सहमहामन्त्री र उनीसँगै प्रवेश गर्ने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ । थापा समूहका नेता एवं राप्रपाका पूर्वप्रवक्ता किरण गिरीले मंगलबार कांग्रेस प्रवेशको तयारी रहेको बताए । कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनाएको छ ।

सो समितिले सोमबार साँझ समझदारी टुङ्ग्याउने र मंगलबार उनीहरुलाई पार्टी प्रवेश गराउने तयारी छ । यसअघि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखे पनि सबैलाई पद दिन नसक्ने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवेशका लागि थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका थिए ।