देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

देशान्तर

काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेकी छन्। पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो।

राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ। उक्त भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो।

चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ।