देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या ४९ पुग्यो

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको गएको ९ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दम रोग भएका उनी गएको असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका थिए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।