देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका १५ जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा १४ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित काठमाडौंमा ३५१ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १४ हजार ४७१ छ।