देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केन्द्रीय कमिटीको माग गर्दै ओली-दाहाललाई १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

देशान्तर

काठमाडौं – केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका छन् । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई तत्काल बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका हुन् ।

अहिले पार्टीमा देखिएको समस्या हल गर्न केन्द्रीय कमिटी बैठक बोलाइनुपर्ने माग सहित हस्ताक्षर बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । नेकपाको विधानको धारा–५९ ९क० ४ ले हस्ताक्षर बुझाएको एक महीनाभित्र बैठक बोलाइसक्नुपर्नेछ ।

‘सचिवालयले विवाद हल गर्न नसकेपछि स्थायी कमिटी बोलाइयो। तर, स्थायी कमिटीले पनि विवाद हल गर्न नसकेकाले हाम्रो छलफल हुनुपर्छ’, उनले भने । पार्टी विभाजन तर्फ उन्मुख भएकाले केन्द्रीय कमिटी बैठकको माग गरिएको हो ।