पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बिहीबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका १४ जना, स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, तनहुँ र लमजुङका ३-३ जना र नवलपुरका एकजना छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४७९ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी प्रतिष्ठानमै लमजुङको बेशीसहरका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको गल्याङका ६ महिला र २ पुरुषमा तथा विरुवा पुतलीबजार र भीरकोटका एकएकजना पुरुषमा संक्रमण भेटिएको छ । त्यसैगरी बाग्लुङको बडिगाड र काठेखोलाका २ २ जना पुरुष तथा जैमिनी र काठेखोलाका एकएकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।
तनहुँको व्यासका २ जना पुरुष तथा ऋषिङका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ भने कास्कीको पोखरा महानगरपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै लमजुङको बेशीसहरका दुइजना र नवलपरासी पूर्वको बौदीकालीका एकजना पुरुषमा पनि कोरोनाभाइरस संक्रमण भेटिएको छ । प्रदेशभर हालसम्म कोरोना संक्रमणमुक्त भएर १२३० जना निको भइ फर्किदाँ ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।






प्रतिक्रिया