देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९,५४७ पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ। बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ।