काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका ४१, ललितपुरका २ र भक्तपुरका २ गरी उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएको हो।






प्रतिक्रिया