काठमाडौं । पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर निवासी ६५ वर्षीया महिलाको शुक्रबार बिहान निधन भएको अस्पतालले जनाएको छ।
स्टार अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले उनलाई निमोनिया भएको जानकारी दिए। योसहित नेपालमा कोरोना संक्रमण भएका ५६ जनाको मृत्यु भएको छ।






प्रतिक्रिया