देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसद्वारा सागका स्वर्ण विजेतालाई नगदसहित सम्मान

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। विभागले शुक्रबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम गर्दै स्वर्ण पदक विजेता ८० जना खेलाडीलाइ सम्मान गरेको हो। विभागले सागमा ४ वटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाइ २५ हजार रुपैयाँ प्रदान गरेको हो।

२ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङलाइ १५ हजार रुपैयाँले सम्मान गरेको हो। एउटा पदक जित्ने खेलाडीलाई भने १० हजार रुपैयाँ प्रदान गरेको छ। सागको टिम इभेन्ट फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही १० हजार रुपैयाँले सम्मान गरेको हो।