देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२१ औ उडानमार्फत कतारबाट १५० जना नेपाली आज स्वदेश फर्किए

देशान्तर

काठमाडौ । कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजिकरणमा कतारबाट आज १५० जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाली एयरलाइन्सको जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितिय सचिव भुवन भट्टले जानकारी दिएका छन् ।

यस्तै सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएका दुई वटा शव पनि ल्याईएको छ ।

स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितिय सचिव भट्टलगायत नेपाली संघसस्था प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अर्को उडान अगष्ट ३ र ४ मा नेपाल एयरलाइन्स तथा अगष्ट ३, अगष्ट ५ मा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।