देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटासहित सचिवालयका सबैमा कोरोना नेगेटिभ

देशान्तर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटासहित उनका सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित उनका सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामाबाट गएराति आएको रिपोर्टअनुसार सबैमा कोरोना नेगेटिभ रहेकोे सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।