काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १८९ पुगेको छ । पछिल्लो एक हप्तामा मात्र विदेशमा २८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।
विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली छन् । एनआरएनएले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक संक्रमित भएको उल्लेख गरिएको छ ।





प्रतिक्रिया