
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।
आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।
नेपालमा कोरोनाबाट भएको मृत्युदर ० दशकमलब २८ प्रतिशत रहेको छ भने निको हुने दर ७१ दशमलब ८ प्रतिशत रहेको छ ।





प्रतिक्रिया