देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘इनफ इज इनफ’ का अभियानकर्मीसँग वरिष्ठ नेता पौडेलको भेट

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानकर्मी ‘ई’ सँग भेट गरेका छन् ।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताउँदै सरकारको हेलचेक्राइका विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको धारणा व्यक्त गरे । उनले कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षणको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अनशन बस्दा पनि नसुन्ने सरकार अटेरी सरकार भएको टिप्पणी समेत गरे ।

साथै उनले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले आवश्यक ध्यान नदिएकोप्रति आपत्ति समेत जनाए । अभियानकर्मी ‘ई’ गत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बस्दै आएका छन् । यसअघि पनि उनी पहिलो पटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।