देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले भदौमा कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्ने

देशान्तर


काठमाडौं । गत आर्थिक वर्ष २०७६र७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोही प्रयोजनका लागि सबै निकायबाट विवरण माग गरिएको छ

खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको हो । यस्तो विवरण सार्वजनिक निकायले साउन मसान्तभित्र बुझाउनु पर्ने भएको छ ।

उक्त आर्थिक वर्षमा भएका क्रियाकलाप र खर्चको विवरण संकलन गर्न लागिएको कार्यालयले जनाएको छ । यता, चालु आर्थिक वर्ष २०७७र७८ मा भएको खर्चको विवरण भने चौमासिक रुपमा सार्वजनिक गर्ने सरकारको तयारी छ । चालु आर्थिक वर्षको खर्च कात्तिक, फागुन र असार महिनामा सार्वजनिक गरिने कार्यालयले उल्लेख गरेको छ ।

सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भइरहँदा अहिलेसम्म कुन निकायले कति खर्च गरे भन्ने तथ्यांक नै केन्द्रसँग नभएको पुष्टि भएको छ ।

यसअघि कोरोना रोकथाममा १० अर्ब खर्च भएको सार्वजनिक गरेको सरकारले कुन निकायमा कति खर्च भयो भन्ने समेत सार्वजनिक गर्न सकेको छैन ।