देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा केन्द्रीय समितिको बैठक सुरु

देशान्तर

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको यो पार्टीमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको वरीयता विवाद मिल्न बाँकी छ । नेताहरूको वरीयता विवादबारे पनि छलफल हुने एक नेता बताउँछन् । उनका अनुसार अनिलकुमार झा र राजकिशोर यादवको असन्तुष्टि भने सम्बोधन भइसकेको छ ।

१० वैशाखमा पार्टी एकीकरण घोषणा गरेको जसपाले २८ असारमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।