देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा कोरोना संक्रमणबाट एकको मृत्यु

देशान्तर

काठमाडौँ । कोरोना संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा प्रविन नेपालले मृत्यु हुनेमा सर्लाही जिल्लाको मलंगवा–६ निवासी वृद्धाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ती महिला सर्लाहीबाट ज्वरो र निमोनियाको समस्याबाट ग्रस्त भइ रिफर भएर साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना भएकी थिइन् । त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । स्वाब संकलनका क्रममा उनको १८ गते कोरोना पुष्टि भएको थियो ।

थप उपचारका लागि साउन १९ गते उनलाई प्रहरी अस्पताल भर्ना गराइएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।