
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधवार साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न साँझ शितलनिवास पुगेका थिए।
धानमन्त्री र राष्ट्रपतिबीच करिब एक घण्टा कुराकानी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। ‘प्रधानमन्त्री र राष्ट्रपतिबीच आज साँझ भेटघाट भएको थियो। १ घण्टा छलफल भयो। नियमित भेटघाट हो,’ अधिकारीले भने। भेटमा के विषयमा छलफल भयो भन्ने बारे भने खुलाइएको छैन।





प्रतिक्रिया