देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सप्तरीका एक जनामा मृत्युपछि कोरोना पुष्टि

देशान्तर

काठमाडौ । होम क्वारेन्टिनमा बसेका बेला मृत्यु भएका सप्तरीका एक जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरस कोभिड १९ जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर परिक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो । होम क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर परिक्षण गरिएको थियो ।

कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । तर, मंगलबार अचानक ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरान रेफर गरिएको थियो । धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो ।