देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुमा स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना पुष्टि

देशान्तर


काठमाडौं । कपिलवस्तु जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही साउन १९ गते संकलन गरिएको स्वाबको नमूना काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो . यससँगै कपिलवस्तु जिल्लामा कोरोना पुष्टि भएकाको संख्या ८ सय ४० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कपिलवस्तु नगरपालिका क्षेत्रभित्र सन्चालित बैंक तथा वित्तिय संस्थाबाट संकलन गरिएका नमूनाहरुमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सैगरी मेडिकल हल र पोलिक्लिनिकका ३ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, बजार क्षेत्रका ३ जना र शिक्षक २ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी कपिलवस्तु नगरपालिकाभित्रका र मायादेवी गाउँपालिकाका १ , १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारीअनुसार संक्रमितहरु ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका ४ जना, मेगा बैंकका १ जना, कृषि विकास बैंकका १ जना र कालिका स्वाबलम्बन सामाजिक केन्द्रका ३ जना लगायत छन् ।