देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंका १६ संक्रमित सम्पर्कविहीन , गलत ठेगानाका कारण खोजी गर्नै समस्या

देशान्तर

काठमाडौं काठमाडौंमा पछिल्लो समय कोरोना फैलिँदै गएपछि संक्रमितहरु हराउने क्रम बढेको छ।
एक सातायता काठमाडौंमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि संक्रमितहरु हराउने क्रम पनि बढेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतका अनुसार केही दिनयता संक्रमण पुष्टि भएका १६ जना मोबाइल अफ गरेर सम्मपर्किविहीन भएका छन्। उनीहरुले गलत ठेगाना र गलत व्यक्तिगत विवरण दिने गरेको पनि मन्त्रालयका एक अधिकारीले बताएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबार गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा ६२ जनामा संक्रमण पुष्टि गरेका थिए। तर बुधबार रातिसम्म एकै दिन १०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ​