काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभर कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६ जना , ललितपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज थप २३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया