देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिद्धारा शोक व्यक्त

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई बिहीबार एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।