
काठमाडौं – वीर अस्पतालमा एकजना चिकित्सकलाई कोरोना पुष्टि भएको छ । अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार अस्पतालमा कार्यरत ४७ वर्षका एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको आज बिहान स्वाब संकलन गरी वीर अस्पतालको प्रयोगशालामा नै परीक्षण गरिएको थियो । आज साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा सेञ्चुरीले बताए । ती डाक्टर काठमाडौंकै स्थानीय हुन् ।
उनलाई ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि आज बिहान पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । ती चिकित्सक अहिले वीर अस्पतालकै आइसोलेसनमा रहेका छन् ।





प्रतिक्रिया