देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगञ्जमा एकैपटक १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। संक्रमित मध्ये पर्सा जिल्लाका मात्रै १ सय ३३ जना छन् भने बारा जिल्लाका ४ र रौतहटका ४ जना रहेका छन्। प्रहरी र जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु गरि ४४ जनामा समेत कोरोना संक्रमण देखिएको छ।

नेपाली सेनाका ५ जना, वीरगञ्ज कारागारका २ जना, तराई अस्पतालका १, पशु अस्पतालका १, नेशनल मेडिकल कलेजका १ जनामा संक्रमण भएको पाइएको छ। वीरगञ्ज २५ सिर्सिया टोलमा मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको छ।

पर्साको पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये २१ जना महिला र १ सय २० जना पुरुषहरु छन्।