देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल

देशान्तर

काठमाडौँ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गर्ने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकारीबीच बसेको बैठकले सो निर्णय गरेको हो । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए। आज राती १२ बजेबाट काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्यूरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको हो ।

काठमाडौंमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । यी मुख्य व्यापारिक क्षेत्रहरुमा अत्याधिक भिडभाड हुने र संक्रमण फैलिने खतरा उच्च भएकोले यी क्षेत्र सिल गर्न लागिएको हो । सिल गरिएपछि यी क्षेत्र कहिले खुल्ने भन्ने खुलाइएको छैन् । यस्तै, बैठकले जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ । नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने जनाइएको छ ।

यी तीन जिल्लामा संक्रमण देखिएका सबै ठाउँ सिल गर्ने भएको छ । यस्तै बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ । पछिल्लो सम्य संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।