देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवाद्वारा दुःख व्यक्त

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । बस्नेतको ८४ वर्षका उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।