देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय भवनसंहिता अध्यावधिक

देशान्तर

काठमाडौं । नेपालमा साना–ठूला सबैखालका भवनहरुलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवनसंहितालाई अध्यावधिक गरिएको छ ।

नेपालमा ‘राष्ट्रिय भवनसंहिता १९९४’ कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ‘अध्यावधिक राष्ट्रिय भवनसंहिता २०२०’ लाई स्वीकृत गरेको हो । नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवनसंहिता एवं यससम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्पप्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवनसंहिता अध्यावधिक गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

अध्यावधिक राष्ट्रिय भवनसंहिता स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भरपर्नुपर्ने अवस्थाको अन्त्य भएको जनाइएको छ । अध्यावधिक गरिएको भवनसंहिताका आधारमा सबैखालका भवनको डिजाइन गर्न सकिने बताइएको छ ।

यस संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरुप भूकम्पप्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्न मद्दत गर्ने जनाइएको छ ।