देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महोत्तरीबाट बागलुङ आएका १३ मजदुरमा कोरोना देखियो

देशान्तर


बागलुङ – धौलागिरि अस्पताल भवन निर्माणका लागि महोत्तरीबाट बागलुङ आएका १३ जना मजदुरमा कोरोना देखिएको छ।

उनीहरू नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ। गण्डकी प्रादेशिक प्रयोगशाला, पोखरामा ६ दिनअघि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको थिएन। तर, ६ दिनपछि गरिएको परीक्षणमा उनीहरू संक्रमित रहेको पाइएको हो।

महोत्तरीबाट आएका ती पुरुष मजदुरहरूको उमेर ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्ष रहेको छ। संक्रमित १३ जनालाई आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कामका लागि आएका १७ जना मजदुरहरू मध्ये गत असार १८ गते एकजनामा संक्रमण देखिएपछि सबैको पुनः परीक्षण गरिएको थियो। त्यस दिन १६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

परीक्षणका लागि पठाइएका बाँकी ३ जनाको भने दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिए। .