देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

देशान्तर

मुग्लिन । पहिरोका कारण नरायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना-६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए ।