देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली फुटबल खेलाडीकाे काेराेना परीक्षण आजबाट

देशान्तर

तस्वीर : एन्फा

फिफा विश्वकप छनोटका लागि तयारी गर्नुअगाडी अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र प्रशिक्षणमा बाेलाएका खेलाडीबा आजबाट काेराेना परिक्षण गर्ने भएकाे छ ।

एन्फाले आज काठमाडाै‌ बाहिरबाट आएर हाेटेलमा क्वारेन्टिनमा बसेका खेलाडीकाे काेराेना परिक्षण गर्ने भएकाे हाे । उनीहरुकाे विहान १० बजेबाट पाटन अस्पतालमा काेराेना परिक्षण हुने बताइएकाे छ ।

भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेकाे एन्फाले काठमाडाैं बाहिर रहेका खेलाडी हाेटेलमा अहिले क्वारेन्टिनमा छन् भने उपत्यकाका खेलाडीहरु घरमा नै बसिरहेका छन्।

खेलाडीको कोरोनाको पीसीआर परीक्षण पाटन अस्पतालमा गरिनेछ। अहिले ११ खेलाडी होटलमा बसेका छन्। २२ जना खेलाडी घरमा नै होम क्वारेन्टिनमा छन्।

छनाेटकाे तयारीका लागि अहिले ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकाे छ । विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खल्ने याेजना छ ।

नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ।

कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ। विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो।