देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोटश्वरमा १७ जनामा कोरोना देखियो ,संक्रमित बढेपछि असर्फी टोल सिल

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेपछि टोल सिल गरिएको छ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।

आइतबार १३ जनामा कोरोना भेटिएको वडा सदस्य हिरादेवी पोखरेल जानकारी दिइन। उनका अनुसार संक्रमित मध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। अन्य तीन जनालाई भने घरमै आइसोलसनमा राखिएको छ।

कोरोना देखिएका अधिकांश कोठा भाडामा लिएर बस्नेहरू हुन्।