काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन्। ५ बजे बस्ने बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने एक मन्त्रीले बताए।
बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा निर्णय गर्न सक्ने ती मन्त्रीले बताए।
यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो।
आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र९सिसिएमसी०ले कोरोना संक्रमणका विषयमा समीक्षा गरी मन्त्रिपरिषदमा पेश गर्न प्रस्ताव तयार गरेको थियो। उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भएपछि छलफल गरेरमात्रै निर्णय हुने भएको हो ।





प्रतिक्रिया