देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौधरी फाउण्डेसनद्धारा सरकारलाई ८ वटा भेन्टिलेटर सहयोग

देशान्तर

काठमाडौं – चौधरी फाउण्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारलाई ८ वटा भेन्टिलेटर सहयोग गरेको छ। मंगलबार चौधरी ग्रुपका निर्देशक निर्वान चौधरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा खुशी लागेको चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले बताए। यसअघि चौधरी फाउन्डेसनले तीन चरण गरी देशभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन९५ मास्कसँगै सरकारलाई १ हजार थान पीसीआर रिएजेन्ट सहयोग गरेको थियो।