देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौ । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिए ।
बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले जानकारी दिए ।

केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ ।