देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण

देशान्तर

काठमाडौ । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश १ मा एक हजार पाँच सय ६३ कोरोना संक्रमित छन् । तीमध्ये एक हजार १४ जना कोरोना मुक्त भएका छन्