देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कान्तिपुर दैनिकका सहायक–सम्पादक बानिया मृत भेटिए

देशान्तर

काठमाडौँ : कान्तिपुरका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।

उनको शव मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती नदीमा भेटिएको हो। उनको शव भेटिएको पुष्टि जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको छ। उनी यही साउन २६ गते काठमाडौं बल्खुदेखि बेपत्ता भएका थिए।

उनको मोबाइलको अन्तिम लोकेशन बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बानियाँको बागमती गाउँपालिकाको सिस्‍नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार उनले जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका थिए।

 दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्वद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउँथे। उनको जन्मथलो तनहुँ हो।  महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार बिहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्‍याइएको छ ।