देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बानियाँको निधनप्रति कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

देशान्तर

दमौली । पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । पत्रकार बानियाँ तनहुँको भानु नगरपालिका–१३ निवासी हुन् ।

पत्रकार बानियाँको शव बुधबार मकवानपुरको सिस्नेरीमा भेटिएको थियो । कान्तिपुर दैनिकमा कार्यरत बानियाँ तीन दिनदेखि बेपत्ता थिए ।

वरिष्ठ नेता पौडेलले बानियाँको मृत्युमा दुःख व्यक्त गर्दै बानियाँको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

निष्ठावान्, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगत्मा एउटा नक्षत्र गुमाएको महसुस भएको पौडेलले उल्लेख गरेका छन् ।