देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्लाहीको हरिवनका १३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौ । सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालापोतका एक जना कर्मचारीसमेत गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत सोमबार हरिवन नगरपालिकाअन्तर्गत जनप्रतिनिधि, व्यापारी, सरकारी कार्यालय वित्तीय संस्थाका कर्मचारी र संचारकर्मी गरी ४ सय ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसोसम्म परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए।


संक्रमितहरुको खोजी गरी हरिवन नगरपालिका–११ बासाटोलस्थित निर्माणाधीन नगरपालिकाको भवनमा ल्याएर बेग्लाबेग्लै आइसोलेटेड गरेर राखिने नगर प्रमुख प्रसाईंले बताएका छन् । समुदायस्तरमै कोरोनाको संक्रमण पाइएपछि अब थप सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।