देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

देशान्तर

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा नम्बर तीन नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो ।

पहिरोले पुरेर विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको जनाएको छ । पहिरो खसेको ठाँउमा प्रहरी र स्थानीयले उद्दारको प्रयास जारी राखेका छन् ।